यू-१७ महिला टोलीको बिदाइ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरण खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
एन्फाले आइतबार छनोटका लागि जोर्डन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाइ गरे । नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
छनोटमा नेपाल समूह ुएचु मा परेको छ । नेपालको समूहमा जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
नेपालले पहिलो खेलमा बुधबार इरानसँग खेल्नेछ । त्यस्तै शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।
को को छन् नेपाली टोलीमा ?
गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
डिफेन्डरः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई
मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ
फरवार्डः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ