
काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा भाग लिएर नेपाली टोली आइतबार स्वदेश फर्केको छ ।
एन्फाकी सदस्य तथा महिला समितिकी संयोजक सरिला श्रेष्ठ र महिला समितिकी सदस्य विन्द्र देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए ।
जोर्डनमा शुक्रबार भएको छनोटको आफ्नो दोस्रो खेलमा आयोजक टोलीलाई नेपालले ४–१ ले हराउँदै अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेको थियो ।
समूहको शीर्ष टोली अन्तिम चरणमा पुग्नेछ । नेपाली टोली आफ्नो दुबै खेलेपछि स्वदेश फर्केको हो । आज हुने खेलमा जोर्डन विजयी भएको अवस्थामा मात्र नेपालको अघिल्लो चरणको सम्भावना बाँकी रहनेछ ।
यदि इरान जितेको अवस्था वा बराबरी भएको अवस्थामा टोली अघि बढ्ने छ भने जोर्डनसँगै नेपाल बाहिरिनेछ ।