
काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा युएई बिरुद्व नेपालले सहज जीत निकालेको छ ।
नेपाललाई यूएई ए ले दिएको १५८ रनको सामान्य लक्ष्य कुशल भुर्तेलको ७१ रनको योगदानमा २३ ओभरको खेलमा ७ विकेट गुमाउदै पुरा गरेको हो ।
श्रीलंकामा जारी खेलमा देव खनाल र सन्दीप जोराले समान २४/२४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।
नेपालको लागि लागि रोहित पौडेलले ९ रन रन बनाए । त्यस्तै पवन सरार्फले नकआउट शून्य रनमा आउट भए । कुशल मल्लले अभिजित २ रन बनाए । त्यस्तै प्रतिश जिसिले ८ रन बनाए ।
ओपनर अर्जुन साउद शून्य रनमा आउट भए । यस्तै बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनलिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए ।