कवि,भुपाल राई”को “यारि”सार्बजनिक​

हाम्रोआवाज न्युजडटकम​-बरिष्ठ कवि तथा साहित्यकार भुपाल राई”को पछिल्लो कविता संग्रह ​”यारि” आज सार्बजानिक भ​एको छ। बाक्लो साहित्य अनुरागिहरुको उपस्थितिमा मण्डला थिएटरमा आज सार्बजानिक भ​एको उक्त कविता संग्रह”लाई फिनिक्स बुक्स”ले बजारमा ल्याएको हो। निक्कै छोटो तर महत्व र अर्थपुर्ण तरिकाले बिमोचन भ​एको उक्त कारेक्रममा दुई पुस्ताका प्रतिनिधि पाँच कविहरुद्वारा बिमोचित संग्रह भित्रको कबिता बाचन पस्चात तिनै पाँच प्रतिनिधि कवि र उक्त बिमोचित स्ँग्रहका कवि सोयं “भुपल राई” द्वारा संयुक्यत रुपमा बिमोचन गरिएको थियो।

एकात्मक राज्यसत्ताले निर्माण गरेको साँस्कृतिक बिभेदको बिरुद्द चालिसको दसकदेखि निरन्तर गित, संङगित र साहित्य मार्फत कलम चलाई रहेका कवि, भुपाल राई”लाई राज्यसत्ताले प्रतिपक्षि तथा बिद्रोहि कविको रुपमा हेर्ने र र्चिन्ने गरेको छ”भने परिबर्तन समानताका पक्षपाति तथा सिमान्तकृत समुदायले भने कवि, राई”लाई आफ्नो साँस्कृतिक आन्दोलनको एक कुशल कमाण्डरको रुपमा हेर्ने गरेका छ्न​। सुम्निमाको तस्बिर (२०५३) दाजै, कविता गाउँमै छ,(२०५७) पहिलो हरफ शिरबन्दि, (२०५९) सिमान्त सौदर्य, (२०७०) र अगोले जन्मोत्सब मनाउँदैन सन (२०१५) पछी यो पछील्लो कविता संग्रह “यारि” ल्याएका साहित्यकार राई”ले थुप्रै महत्वपुर्ण पुस्तकहरुको सम्पादन पनि गरेका छन्।