तपाईहरुको समस्या बुंदागत रुपमा दिनुहोस समाधान गर्न पहल गर्छु ,उपसभामुख ईन्दिरा राना।

✍️ नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपालको संघीय संसद प्रतिनिधी सभाकको उपसभामुख ईन्दिरा राना मगरले गैर आवासीय नेपालीहरुलाई एनआरएन नागरीकता लिन तथा पैतृक संम्पत्ती सुरक्षागर्न के कस्तो समस्या परेको छ लिखित रुपमा सुझाव दिन आग्रह गरेकी छिन् ।

एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा सोमबार सांझ संम्पन्न अन्तरकृयामा कार्यक्रमको प्रमुख अतिथी उपसभामुख रानाले गैर आवासीय नेपालीहरु सबैलाई उक्त आग्रह गरेकी हुन् । अहिले एकिकृत कानुन लेखन भईरहेको हुनाले बास्तबिक समस्याहरु के के हुन लिखित रुपमा उपलब्ध भए नेपाल फर्केर त्यसको समाधानको लागी पहलगर्ने रानाले प्रतिबद्धता जनाएकी छिन् ।

कार्यक्रममा बिशेष अतिथीको रुपमा नेपाल सरकार खेलकुद मन्त्रालयका बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टि एनआरएन डिपार्टका उपाध्यक्ष डा.प्रणय राणाको पनि उपस्थिती रहेको थियो । नेपाली नागरिकता गुमाएका गैर आवासिय नेपालीहरुलाइ  एनआरएन नागरिकता प्राप्तीलाई सहज बनाउन, पैतृक संम्पत्तीको कारोवारमा सहजकता ल्याउन तथा  भिषा आवस्यकताको स्पष्टता बारेमा सम्पन्न अन्तरकृया कार्यक्रममा सहभागीहरुले एक दर्जनभन्दा बढि प्रश्न राखेका थिए । सहभागीहरुको जिज्ञासालाई कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथीद्धयले समाधानका बिकल्पहरु सुझाएका थिए ।

उनीहरुले बिशेषगरी त्यागी सकेको पुरानो नागरिकता देखाएर कारोवारगर्दा मातृभुमी र कर्मभुमी दुबैतीर गल्ती गरेको ठहरिने हुदा त्यसो नगर्न तथा त्यसैको आधारमा अन्य कागजात नबनाउन, आफ्नो अवस्था के हो त्यहाको कर्मचारीहरुलाई प्रष्ट बताउन सल्लाह दिएका थिए ।

नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा अप्रील २९ तारिक सांझ ६ बजेदेखी राती ८.३० बजे सम्म संचालित कार्यक्रममा कोलोराडो स्थित संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा संम्पन्न कार्यक्रमको शुरुमा च्याप्टरका निर्वतमान अध्यक्ष आर सी पन्तले कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथीद्धयको छोटो परिचय दिएका थिए ।

कार्यक्रममा च्याप्टर सचिव अमृत बीकले उपस्थित सबैलाई स्वागत गरेका थिए भने च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापती प्रकाश पौडेलले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । अन्तरकृया कार्यक्रम च्याप्टरका यूवा संयोजक चन्द्र गुरुङले सञ्चालन गरेका थिए ।