नेपाली घरको निर्वाचन सम्पन्न गर्न तिन सदस्सिय निर्वाचन समती गठन।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।अमेरीकाको कोलोराडोमा कृयाशिल नेपालीहरुको साझा  र ससक्त सस्था  नेपाली घरको आगामी कार्यकालका लागि नयां कार्यसमिती चयनका लागी  तीन सदस्यीय  निर्वाचन समिती गठन गरिएको छ ।

संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालकको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितीको  पूर्ण बैठकको  सर्वसम्मत निर्णयले निर्वाचन समिति  गठन गरेको हो ।

डा. संगीता श्रोत्रियको संयोजकत्वमा गठीत निर्वाचन समितीका सदस्यहरुमा  भुषणलाल श्रेष्ठ र  कपिलदेव सुवेदी रहेका छन् । संस्थाको बिधान अनुसार सातौं कार्यकालको लागी कार्यसमिती चयनगर्न निर्वाचन समिती गठन गरिएको हो ।

बर्तमान कार्यसमितीको कार्यकाल गत जनवरीमा सकिएता पनि तिब्रताका साथमा चलिरहेको नेपाली सास्कृतिक केन्द्रको  निर्माण , मर्मत संभार  तथा बिबिध  प्रक्रियागत  सहजताका लागी  संस्थाको बिधान अनुसार  ६ महिना कार्यकाल थप गरिए थियो । थप गरिएको अबधि आगामी  जुन महीना सम्म क़ायम रहने भएको  हुदा  नेपाली घरको विधान अनुसार ९० दिन भित्रमा निर्वाचन प्रक्रिया सम्पन्न गरी नया कार्यसमिती चयन  गर्न निर्वाचन समितीलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

नेपाली घरमा हाल  जम्मा ७ सयको हारा हारीमा  आजिवन सदस्य,  परिवारिक  सदस्य , व्यक्तिगत सदस्य, विद्यार्थी सदस्य र  मानार्थ  सदस्य  रहेका छन् । यस संस्थाको सदस्य बन्न सधै सबैलाई ढोका खुल्ला रहेको  छ , तर  निर्वाचन प्रक्रियाको हकमा निर्वाचन  समिति गठन  हुदा सम्मको  अवस्थामा  सदस्यता प्राप्त  गरी  सकेका सदस्यहरुलाई मात्र मताधिकार रहने संस्थाका उपाध्यक्ष बसन्त लम्सालले बताएका छन् ।