समाज सेवी सरिता गुरुङ संगको छोटो कुराकानी ।

नेपालमा रहदा पनि थुप्रै समाजसेवा गरेर सबैको मनमा बस्न सफल साथै हाल अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा बसोबास गर्दै आईरहेकी सरीता गुरुङ बिदेशको ब्यास्त समयलाई ब्याबस्थापन गर्दै यही बाट पनि समाज सेवामा निरन्तरता दिइरहेकी छिन ।यही बिषयमा हाम्रो आवाजको लागी गौतम सागर राईले गरेको छोटो कुराकानी  ।

१ - तपाइलाई हार्दिक स्वागत छ ?

✍️धन्यवाद

२- सुरुमा समाज सेवा गर्न को बाट र कसरी प्रेरित हुनु भयो ?

✍️आमा मैता कुमारी गुरुंग (सीनियर सुडेनि साथै स्वास्थ्य स्वयंसेविका)फ्लोरेन्स टाईटिंगेल

३- अहिले सम्म कती जनालाई सेवा गर्नु भयो ?

✍️हाल सम्म कति जनालाई भन्दा पनि झण्डै ५० वटा अभियानहरु सम्पन्न भए।

४ - समाज सेवा गरिरहदा मेन आउने चुनौती हरु के-के हुन ?

✍️हाल सम्म त्यस्ता चुनौतिहरु सामना गर्नु परेको छैन।जसमा म आफुलाई भाग्यमानि मान्छु।

५-किन र के का लागी समाज सेवा गर्नु हुन्छ ?

✍️संसारको सबै भन्दा ठुलो कर्म मानव सेवा हो।मानव सेवामा आफुलाई समर्पित गर्दा आत्मासन्तुष्टि मिल्छ।त्यही भएर समाज सेवा गरीरहेकीछु ।

६ - अब भावी योजनाहरु के-के छन ?

✍️हाल प्रवासमा संघर्षरत छु।बाँकी रहेको समय सामाजिक कार्यमा नै सदुपयोग गर्ने गरेकि छु।भोलिको दिनमा पनि मानव सेवा प्रति नै समर्पित रहने छु।

७ - समयको लागी धन्यबाद ?

✍️मलाई हरेक सामाजिक कार्यमा साथ दिनु हुने सम्पूर्ण मनकारि मनहरु प्रति हार्दिक नमन।सकारात्मक सोच संगै सामाजिक संजालको सदुपयोग गरौ।यो अवसर दिनु भएकोमा तपाई लाई र हाम्रो आवाज परिवारलाई हार्दिक धन्यबाद ।