अमेरिकाको कोलोराडोमा चर्चित गायिका सुबानी मोत्तानको साँगीतिक साँझ हुदै।

✍️गौतम सागर राई,अमेरिका,कोलेराडो।नेपाली नयाँ बर्ष २०८१ सालको अवसरमा दरबार रेष्टुरेण्ट ब्रुन्फिल्ट र टिफिन ईन्डिया रेष्टुरेण्ट बोल्डरको संयुक्त आयोजनामा गायिका सुबानी मोत्तानको एकल साँगीतिक साँझ यही अप्रिल १९ गते शुक्रवार कोलोराडोको ब्रुन्फिल्ट दरबार रेष्टुरेण्टमा हुने भएकोछ।

साँझ ८ बजेबाट सुरु हुने साँगितिक साँझ कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ साथै प्रति ब्यक्ती ३० डलर टिकट मुल्य तोकिएकोछ भने भि.आई.पी को लागी ५० डलर रहेकोछ।उक्त कार्यक्रमको लागी बिशेष जानकारी लिन परेमा आयोजक कमिटीका सुमन केसी 720) 416-6506 र सन्दिप लामालाई 720) 431-5399 लाई फोन सम्पर्क गर्न सकिनेछ।