गायक तथा संगीतकार भूवन सुप्तिहाङको संगीतमा”तीन तारा तीन तिर”भिडियो सहित सार्वजानिक।

✍️गौतम सागर राई,अमेरिका कोलोराडो।गायक तथा संगीतकार भूवन सुप्तिहाङ राईको “तीन तारा तीन तिर”गीत भिडियो सहित सार्वजनिक गरेका छन।बिगत केही समय देखी अमेरिकामै बसोबास गरिरहेका राई यतै बाट संगीत सिर्जनामा सक्रिय छन।

यस गीतमा स्वर अस्मिता अधिकारी र रोम नाम्जालीको रहेकोछ भने शब्द आनन्द अधिकारीको साथै संगीत भुवन सुप्तिहाङको र गीतको संगीत संयोजन महाराज थापाको रहेकोछ।

गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार बुद्दी तामाङ (हैट)र रजनी गुरुङ (मंगली)ले अभिनय गरेका छन।यस गीतका भिडियो निर्देशन नितेश खड्काले गरेका हुन भने गीतका छायाकंन उत्तम हुमागाईले र भिडियो सम्पादन बिकाश धमलाले गरेका हुन।गीतको भिडियोलाई Rolax Entertainment official channel बाट सार्बजानिक गरिएकोछ।

गीतको पूरा लिकं यहाँ