साईन्स सोसाईटीले बजारमा ल्यायो: “वैज्ञानिक समाजबादको रोडम्याप”

हाम्रोआवाज न्युजडटकम​- माक्र्सबादि दर्शनका अध्यता तथा चिन्तक रमेश सुनुवार द्वारा लिखित “वैज्ञानिक समाजबादको रोडम्याप” आजबाट बिक्रिबितरण हुनेगरि बजारमा आएको छ। “रमेश सुनुवार र राजकुमार श्रेष्ठ” द्वारा सम्पादित वैज्ञानिक समाजबादको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनालाई अगाडि सारिएको “वैज्ञानिक समाजवादको रोडम्याप” नामको उक्त पुस्तकलाई साईन्स सोसाईटीले बजारमा ल्याएको हो।

सन १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा संकट आएको थियो । त्यसपछि विश्वभरि त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु धेरै भएका थिए । ती प्रयत्नहरुमध्ये एउटा थियो– ‘माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्र्गत चार विषयहरुमा व्यापक अध्ययन–अनुसन्धान गरिएको थियो ।

ती विषयहरु थिए– दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद । ती अध्ययन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म कक्षाहरु पनि संचालन गरिएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागीहरुले तयार पारेको नोटहरुको आधारमा यो पुस्तक तयार गरिएको हो। यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना प्रष्ट ढंङ्गले अगाडि सारिएको छ।  त्यसकारण अहिलेको समाजवाद निर्माणको लागि समाजबादि आन्दोलनको मेसो खोजिरहेका कैयौं कम्युनिष्ट तथा बामपंथि हरुकोलागि यो पुस्तक निक्कै महत्वपुर्ण हुने बिश्वास गरिएको छ।

SUGGESTED NEWS