गजलकार कलाकार संगीता थापा संगको छोटो कुराकानी ।

लोकप्रिय गजलकार तथा कलाकार संगीता थापा लेखनमा मात्र होइन गायन,अभिनयमा पनि त्यकिकै सकृय र सबै मन जित्न सफल छिन यही बिषयमा हाम्रो आवाजको लागी गौतम सागर राईले गरेको छोटो कुराकानी  ।

१ - संगीता जि तपाईलाई स्वागत छ ?

✍️ धन्यबाद गौतम जि यो अबसरको लागि ।

२- बिशेष गरेर तपाईको गजल लेखन र वाचनले दर्शक पाठकहरुको मन जितिरहनु भएकोछ यसको राज के हो ?

✍️ यहि हो भन्न सक्दिन । सयौं,हजारौंले लेखिरहनु भएकैछ मैले पनि उहाहरुले लेख्ने कुरा नै लेखिरहेको हुन्छु तेसरी नै वाचन गरिरहेको हुन्छु । । मेरो लेखनलाइ मेरो वाचनलाइ मन पराइदिइरहनु भकोछ माया गरिदिइरहनु भएकोछ यो एउटा संयोग होला भन्छु म चाहि ।

३ - लेखनको हिसाबले सबै बिधामा कलम चलाउनु हुन्छ तर गजल बिधामा नै बढी सकृय देखिनु हुन्छ नि किन ?

✍️ गजलमा थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ । सक्नु पर्छ ! धेरै बिषय उठाउन सकिन्छ । यहि नै गजलको अप्ठ्यारो पाटो पनि हो र यहि नै गजलको सौन्दर्य पनि हो । त्यही सौर्न्दर्यले तानेको हो मलाइ र तानिरहेकैछ ।

४- अन्लाईन र पत्रपत्रीकामा तपाईका सिर्जना धेरै पढ्न पाइन्छ तर संग्रहित भएर पाठकहरु माझ कहिले आउनु हुन्छ ?

✍️ संग्रहको तयारी गर्दैगर्दा लगभग ३ सय जति गजल मोबाइलबाट डिलिट भयो यो ७३/७४ साल तिरको कुरा हो ! यसै पनि गजल कम लेख्ने मान्छे हु ! २० वटा गजल "महफिल"मा संग्रहित भएर आएकोछ । हेरौ ७८ साल भित्र संग्रह निकाल्न सकिन्छ कि...

५- तपाईं बहु प्रतिभाशाली सर्जक अभिनय,गायन्,लेखन सबैमा सकृयमा हुनु हुन्छ ,यि तीन बिधालाई कसरी हेर्नु हुन्छ ?

✍️ यी तिन बिधा आफैमा सुन्दर छन । तिनै सुन्दर बिधाहरुमा आफूलाई सकृय बनाउन पाउनु भनेको अझ सुन्दर कुरा हो ।  अभिनय,गायन र लेखन मेरो कर्म पनि हो भाग्य पनि हो । म यी तीन बिधालाइ मेरो जिन्दगी हो भनेर बुझ्छु ।

६ - अन्यमा मैले सोध्न छुटाएको केहि छ भने छोटकारीमा राखिदिनु होस ?

✍️तेस्तो सोध्न छुटाउनु नै भएको जस्तो त केही पनि लागेन ।

७- समयको लागी धन्यवाद !

✍️तपाइलाइ पनि धन्यबाद !