अमेरिकाको कोलोराडोमा चर्चित गायिका सुबानी मोत्तानको साँगीतिक साँझ हुदै।

✍️गौतम सागर राई,अमेरिका,कोलोराडो।नेपाली नयाँ बर्ष २०८१ सालको अवसरमा दरबार रेष्टुरेण्ट ब्रुन्फिल्ट र टिफिन ईन्डिया रेष्टुरेण्ट बोल्डरको संयुक्त आयोजनामा गायिका सुबानी मोत्तानको एकल साँगीतिक साँझ यही अप्रिल १९ गते शुक्रवार कोलोराडोको ब्रुन्फिल्ट दरबार रेष्टुरेण्टमा हुने भएकोछ।

साँझ ८ बजेबाट सुरु हुने साँगितिक साँझ कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ साथै प्रति ब्यक्ती ३० डलर टिकट मुल्य तोकिएकोछ भने भि.आई.पी को लागी ५० डलर रहेकोछ।आयोजक कमिटीका सुमन केसी र सन्दिप लामाले हाम्रो आवाज अन्लाईलाई जान्कारी गराउँदै सो साँगितिक साँझमा कोलोराडोमा रहेका सबै नेपाली भाषीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाउन आग्रह गरेका छन।