फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

पोखराकाे  फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीका कारण  बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगरका ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, आठ वर्षीया रजिना खातुन र  डेढ वर्षिय मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटनालगत्तै २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

दुर्घटनामा परेकाहरूको अवस्था अहिले सामान्य  छ । यसअघि २५ र २९ चैतमा पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।