विश्व प्रकाशले ल्याए ‘गेउनाङको मिन्ना’ (भिडियो)

काठमाडौं । ‘गेउनाङको मिन्ना’ यो तिलुङ राई भाषा हो । यसको नेपाली अर्थ ‘हामी सबै जना’जनाउँछ । तिलुङ राई भाषा मिश्रीत पुर्वेली गीत ‘गेउनाङको मिन्ना’सार्वजनिक गरिएको छ ।

गायक तथा गीतकार विश्व प्रकाश राईले ल्याएको गीतमा उदयपुरका विभिन्न स्थान र प्राकृतिक सम्पदाको वर्णन मात्र गरिएको छैन्, प्रेमील जोडीको आकर्षण र प्रेम भावलाई पनि मिठासपूर्ण समाबेश गरिएको छ ।

गीतमा सुकदेव राईले भाका सृजना गरेका छन् भने गायक विश्व प्रकाशले गीत लेखेका छन् ।

प्रियजन राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा नविना राई, विश्व प्रकाश राई, उषा आम्बुले राई, सुकदेव राई, पुजा राई, लिकुहाङ राई र विवेक भट्टराईले अभिनय गरेका छन् ।

श्याम कार्कीले छायांकन गरेको भिडियो नरोत्तम पाण्डेले सम्पादन गरेका छन् ।