छोटो कुराकानी

अमेरिकामा पाईलट कोर्ष गरिरहनु भएकी साहशी निडर चेली सदिक्षा बास्तोला संग हाम्रो आवाजको लागी गौतम सागर राईले गर्नु भएको छोटो कुराकानी ।

१-  तपाई लाई हार्दिक स्वागतछ ?

✍️धन्यवाद दाइ 🙏

२- अमेरिकाको ब्यास्त जिन्दगी कस्तो चल्दैछ ?

✍️full of struggle  संघर्षमा नै ।

३- तपाइको पाइलट ट्रेनिङको कोर्षहरु कहाँ पुगे अब कती बाँकी छन ?

✍️नेपाल बाट आएको 2 महिना बिरामी भए, तेस्पछि पाईलट स्कुल जान थाले ,गार्हो हुने रहिछ हरेक कुरामा दाजुको यादहरु आउँछ आँखा बाट आशु खस्या थाहा  हुदैन ,कोशिस गर्दैछु अलि धेरै focus गर्न , अब चाडैं सकिन्छ होला ।

४- आफ्नै आधा गाँस काटेर समाज सेवा अभाबमा परेका हरुलाई सकेको सहयोग गर्दै आउनु भएकोछ यो बिचार चाही कसरी आयो ?

✍️पहिले देखिनै मैले आफुले सकेको गर्छु भन्ने सोच थियो , एउटा norlmal life बितायेर बचेको खर्च अरुको मदत गर्छु भन्ने मनमा जहिल्यै थियो , फेरि covid-19 को कति ठुलो आपत आइपुगेको थियो आफ्नो देश मा , बरु भोकै बस्छु अली बेसि काम गर्छु तर केहि सहयोग चै गर्छु भन्ने लाग्यो 🙏

५- एउटा शुन्दर सपना बोकेर हिडिरहनु भएकोछ ,अब आफ्नै देश नेपालको आकाशमा जाहज उडाउने सपना कहिले पुरा होला ?

✍️मेहनत गर्दैछु स्कुल को fee 50% काम गरेको पैसा ले तिरछु कति पय बेला चै आफुले चाहेको बेला सकिन्न तर अब चाडैं सकौछु मलाई विस्वास छ आफुमा र भोलिको दिनमा आफ्नै देशमा दु:ख सुख जस्तो भएनी बुवा आमा संगै बसेर नेपाल मै काम गर्न मन छ ।

६- तपाई जस्तै एउटा शुन्दर सपना बोकेर बिदेशमा संघर्ष गरिरहेका नेपाली हरुलाई के सन्देश दिनु हुन्छ ?

✍️आफ्नो घर बाट सात समुन्द्र पारी केही गर्छु भन्ने आट लिएर आउनु भएको छ सब्बै जाना specially student life सोचेको भन्दा थोरै गाह्रो छ तर हार नमान्नु कहिले पनि , हार लाइ हराएर अगि बढनुस सफलता को शिखर मा पुग्नु हुनेछ ।

७-  अन्तमा मैले सोध्न छुटाएको केहि छ ?

✍️Stay safe everyone and thank you so much यती धेरै माया र आशीर्वाद को लागी i love you all ❤️

८-  समयको लागी धन्यबाद तपाइलाई !

✍️धन्यबाद तपाईलाई पनि ।