नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाली नयॉंबर्ष २०८१ को अवशरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन्। ब्लड डोनर्स अफ अमेरिका  कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो,  वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारीख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदी बहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो ।

एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु  कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् ।

यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी,  अरुण गुरागाइ , लिजा श्रेष्ठ,  दिनेश भट्टराई र श्रीजना भट्ट रहेका छन् ।  त्यस्तै अन्य रक्तदाताहरुमा टीका पौडेल,मनोज तुलाधर,रमीता तुलाधर, श्रीराम लुंईटेल,  बिनिता वाग्ले र तेज ढकाल रहेका छन्  । कार्यक्रममा बि.डि.ए. कोलोराडो च्याप्टरका सल्लाहकार टीका पौडेलले ३५ औं पटक रक्तदान गरेका हुन्