गणेश विकको स्वरमा ‘उडी जाने वनचरी’को चाइल्ड भर्सन (भिडियो)

काठमाडौं । गणेश विकको स्वरमा ‘उडी जाने वनचरी’को चाइल्ड भर्सन सार्वजनिक भएको छ ।

सोलुखुम्बु सोताङका विकको यो पहिलो रेकर्डिङ हो । सोताङको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत ११ वर्षीय विकको केही महिनाअघि एक सञ्चारमाध्यमले उनको स्वरको चर्चा गरेका थिए ।

विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलापमा गीत गाउँदै स्याबासी बटुल्दै आएका विकले दुर्लभ जन्तरेको गीत र विक्रम राईको सङ्गीतमा यसअघि फिमेल भर्सनमा सार्वजनिक गरिएको ‘उडी जाने वनचरी’को चाइल्ड भर्सन गाएका हुन् ।

बुधवार स्टुडियो किङमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ । ‘उडी जाने वनचरी’को फिमेल भर्सन मरिना लोप्चाले गाएकी छिन् । स्वरबाट चर्चा आएका विकले ‘द भ्वाइस अफ नेपाल किड्स’को डिजिटल अडिसन पार गरेर ब्लाइन्ड अडिसनको लागि तयारी गरिरहेका छन् ।

गीतलाई दुर्लभ क्रियशनमार्फत अपलोड गरिएको छ । ‘सम्भावना बोकेका अनुजलाई गायनको अवसर दिन पाउँदा निकै खुसी छु ।’गीतकार तथा निर्देशन दुर्लभ जन्तरेले भने ।