गीतकार विष्णु मुरीको" मरिलानु के छ र ! सार्वजनिक

गीतकार विष्णु मुरीको दोस्रो  पूर्वेली लोकगीत " मरिलानु के छ र ! " हिजो मात्रै  सार्वजनिक भएको छ। उदयपुर जिल्लाको पश्चिमी भेगहरुका प्राकृतिक दृश्यहरु र स्टुडियोमा भिडियो छायांकन गरिएको उक्त म्युजिक भिडियो Bishnu Muri Official युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गीत "   मरिलानु के छ र ! " मा शब्द रचना: विष्णु मुरी,संगीत: सुखदेव राई,स्वर:- प्रियजन राई र उषा गजुरेल, त्यस्तै एरेन्ज: मनोज स्याङसन राई,मिक्सिङ: राजु कार्की,अडियो एण्ड भिडियो स्टुडियो किङ रहेको छ भने निर्देशन प्रियजन राई कै रहेको छ।
शैक्षिक योग्यता डीप इन एड तथा राजनीति शास्त्रमा स्नातकोत्तर गरेर हाल शिक्षण पेशामा आवद्ध गीतकार मुरी सानै देखि गीत,संगीत र साहित्यमा रुचि राख्दथे।

माध्यमिक तहको विद्यार्थी हुँदै उनी आफै गीत लेखेर गुनगुनाउँने गर्थे। विद्यालयहरु  विचको गोलबजारमा भएको सिरहा जिल्ला स्तरीय सांगीतिक कार्यक्रममा आफैले लेखेर गायको गीत " अँधेरी रातमा नि कान्छी कोही छैन साथमा  ...." गीतले प्रथम स्थान हाँसिल गरेका थिए। शुरु शुरुमा उनको प्रतीक्षा,प्रदिप उदास,दिलचन्द्र नन्दन नामबाट दर्जनौं कविता,गीतहरु विभिन्न पत्रपत्रिकामा छापिएको थियो।

प्रसिद्ध साहित्यकार झमक घिमिरेको वि.सं. -२०६७ मा मदन पुरस्कार प्राप्त कृति " जीवन काँडा कि फूल " मा एक संस्मणात्मक लेखमा झमकले " मलाई यो क्षेत्रमा आउन प्रेरणा दिने व्यक्तिहरु मध्ये विष्णु मुरी दादा पनि एक हुन् भनेर झण्डै डेज पेज मुरीको वारेमा वर्णन गरिएको छ। झमक घिमिरेको अर्को कृति " समय-विम्व " मा समेत विभिन्न पेजमा उनको नाम लिईएको पाइन्छ। यसैबाट पनि उनको साहित्य प्रतिको लगाव वारे उजागरित हुन जान्छ।

समय परिस्थिति अनुरुप तुरुन्तै गीत लेख्न सक्ने मुरीका शब्द प्रयोग हरु सरल हुने गर्दछ। विशेष गरी वियोग र पीडाका गीतहरु लेख्न रुचाउने उनी रमाइला माया प्रेमका गीतहरु पनि लेख्न उत्तिकै दख्खल राख्ने गर्दछन्।

अझ शब्द गन्ती र अन्त्यानुप्रास मिलाउन पोख्त उनको गीतमा संगीत संयोजन/ कम्पोज गर्न असाध्य सजिलो हुने कुरा उनको गीतमा काम गर्नेहरु बताउनु हुन्छ। उनका  " तिम्रो मुटु छुने गरी ...( शिव परियार, एल्बम-सद्भाव ),काली पारि तरेर ....( कान्छीमाया सुब्बा,एल्बम- कान्छी ),तक्दिरै खोटो ( मनिष श्रेष्ठ र अन्नु चौधरी ), आँसु बर्बरी ( भुटानी गायिका सुस्मिता राई), एउटै सिरानी ( अन्नु चौधरी र मनिष श्रेष्ठ ), परदेशीको पीडा ( भुटानी गायक थुप्टेन जी दोर्जी ),गहको आँसु ( प्रियजन राई र मनमा वि राई ) आदि गीतहरु सार्वजनिक भैसकेको छ भने " यो गीत मेरो तिम्रै लागि हो .( महेन्द्र विश्वकर्मा र प्राप्ति  मल्ल ) रेकर्ड कार्य भर्खरै सकिएको छ। त्यसै गरी " सुन भन्दा महंगो माया ... लगायत अरु ३ वटा गीत रेकर्डको तयारीमा रहेको छ।

भिडियो :-