नेपाली सांस्कृतीक केन्द्रमा हनुमान चालिसा भजन कृतन कार्यक्रम आयोजना हुदै।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिगत लामो समय देखी कोलोराडोमा प्रशिद्ध हनुमान चालिसा भजन कृतन कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाली घरको आोजना तथा हनुमान  चालिसा भजन कृतन समुह ( Chanting Lead by: Sabina & Ajaya Pradhan ) को सहयोगमा आगामी मे ५ तारिकका दिन दिउसो ठीक  ३ बजेदेखी ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम आयोजना हुन लागेको हो ।

तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतीक परंपरा अनुसार सबै देवी देवताहरुको आ आफ्नै बिशेषता र महत्व रहेको छ । सोही अनुसार कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन हुदै आएको छ ।

हरेक महिनाको पहिलो आईतबार आयोजना हुने कोलोराडो कै प्रशिद्ध धार्मिक कार्यक्रम यस पटक नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली घरमा आयोजना हुन लागेको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

नेपाली समुदायको आफ्नै घरमा आयोजना हुने कार्यक्रममा सहभागी भई पुण्य आर्जन का साथै कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन कोलोराडो स्थित धार्मिक समुहका प्रतिनिधी, संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी सबैलाई अध्यक्ष ढकालले अनुरोध गरेका छन् ।