बिश्व रक्तदान दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।बिश्व रक्तदान दिवसको अवसर पारेर कोलोराडोमा सकृय संस्था ब्लड डोनर्स अफ अमेरीकाको  आयोजना शनीबार एक अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

कोलोराडो स्थित ब्रुमफिल लाईब्रेरीमा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । अन्तरकृया कार्यक्रममा रक्तदानको महत्व र सहभागीताको बिषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीका Executive vice president भुषणलाल श्रेष्ठ, रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका निवर्तमान अध्यक्ष तथा BDA Vice president (mountain) टिका पौडेल,  रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका पूर्व अध्यक्ष तथा Convenor ANA convention बिनोद त्रीपाठी, एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा समाज सेवी बासु खनाल,रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका पब्लिक रिलेशन अफिसर तेज ढकाल, ब्लड डोनर्स अफ अमेरीका कोलोराडोका च्याप्टरका र्कोिडनेटर श्रीराम लुइटेल, समाजसेवी फणिन्द्र क्षेत्री, पत्रकार नातिबाबु भट्ट लगायतका ब्यक्तिहरुले भाग लिएका थिए । छलफल कार्यक्रममा बक्ताहरुले रक्तदान कार्यक्रमलाई ब्यापक बनाउन बिभिन्न सुझवहरु दिएका थिए ।

सन् १८६८ जुन १४ तारिका दिनमा बल्ड ग्रुप सिस्टम पत्ता लगाएको दिनलाई आधारमानी बिश्व स्वाथ्य संगठनले जुन १४ लाई बिश्व रक्तदान दिवसको रुपमा मनाउने घोषणा गरेसंगै अहिले बिश्वब्यापी रुपमा बिभिन्न जनचेतना मुलक कार्यक्रममका साथ रक्तदान दिवस मनाउने गरिएको छ ।
बिश्व स्वास्थ्य संगठनले रक्तदान दिवसको अवसरमा यस बर्षको नारा 'Give blood, give plasma, share life often' रहेको  घोषणा गरेको छ ।

रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी अमेरीका भर रक्तदान गर्न अभिप्ररित गर्दै आएको छ ।  कार्यक्रमको अन्त्यमा ब्लड डोनर्स अफ अमेरीका कोलोराडोका च्याप्टरका कोर्डिनेटर श्रीराम लुइटेल कार्य ब्यस्थताको बावजुद पनि कार्यक्रममा सहभागी भई महत्वपूर्ण सुझाव दिनुभएकोमा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।