आपतकालीन राहत कोषको घोषणा संगै मगर संघ अमेरिकाको आठौं साधारणसभा संम्पन्न ।

✍️नातिबाबु भट्ट, कोलोराडो अमेरीका।मगर संघ अमेरिकाको केन्द्रीय समितिको आठौं बार्षिक साधारणसभा टेक्सास राज्यको डलास शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।

सभाको लागि उपस्थिति विभिन्न च्याप्टर कमिटीबाट आएका  मौलिक झाँकी सहितको र्‍याली सभाहलमा प्रवेश गरेको थियो । अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता  उदाउँदो मगर पुस्ता माझ मगर भाषा , संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता  भन्ने मुल नाराका साथ अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको ऐतिहासिक भेला संम्पन्न भएको हो।

नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मनबहादुर राना मगरको प्रमुख आतिथ्य र टेक्सास राज्य युलेसका सिटीका काउन्सिल मेम्बर टीका पौडेलको विशेष आतिथ्यमा सभाको समुदघाटन गरिएको थियो ।  बिगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको मगर आपतकालीन कोषलाई यस भेलाले मुर्तरुप दिएको छ । पहिलो चरणमा पचास हजार डलरको कोष स्थापना गर्ने र कोषको गोल ६ महिना भित्र पूरा गरिने मगर आपतकालीन कोष कमिटी सदस्य यम पुन मगरले जानकारी गराए  ।

यसबाट आइन्दा अमेरिकामा मगरहरुलाई आइपर्ने आपतकालीन समस्यहरुमा राहत मिल्नेछ । मगर बिद्यार्थीहरुलाई हौसला र प्रोत्साहन संस्था प्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले सुरुवात गरिएको मगर बिद्यार्थी छात्रवृत्ति कोषबाट कृष्ण राना मगर जर्जिया  र निर्जल थापा मगर  न्युजर्शी लाई एक एक हजार डलर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।  यसलाइ हरेक बर्ष निरन्तरता दिइने समेत बताइएको छ ।

मगर बिद्यार्थी छात्रवृत्ति कोषका संयोजक डा। कृष्ण थापा मगरले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरुको नाम सार्बजनिक गर्दै आगामी बर्षका योजनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मगर संघ अमेरिकामा लामो समय सम्म कार्यसमितिमा रहेर काम गरेका मगर संघ अमेरिका केन्द्रीय समितिका बर्तमान सल्लाहकार लक्ष्मीकुमारी राना मगरलाई सम्मान गरिएको थियो । त्यसैगरी स्थापना कालदेखि निरन्तर मगर संघ अमेरिकालाई विभिन्न तवरबाट सहयोग साथ हौसला प्रदान गर्दै आएका डा। गंगा पुर्जा पुन मगर र पत्रकार तथा सामाजिक अभियान्ता प्रदीप परियार थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

विभिन्न च्याप्टर कमिटी र अन्य ब्याक्तीहरुबाट बिधान संशोधनको लागि आएका प्रस्तावहरुमा गहिरो छलफल गरेर पारित गरिएको छ । बिधान संशोधन समिति संयोजक लछुमन राना मगरले संशोधनका लागि आएका प्रस्तावहरु टेबुल गरेका थिए भने सदस्यद्वय लक्ष्मीकुमारी राना मगर र भक्तबहादुर आले मगरले एकरएक गरेर प्रस्तुत गरेका थिए

समुदघाटन समारोह समापन मन्तव्य दिने क्रममा मगर संघ अमेरिकाले अमेरिका राज्यबाट पाउन सक्ने सुबिधा र गरिएको प्रयास बारे मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले प्रष्ट पारेका थिए । उनले नेपालमा बन्न लागेको लखन स्मृति पार्क निर्माणका लागि सहयोग अपिल गरेका थिए ।

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा अहिलेसम्मकै भब्य र व्यवस्थित भएको र टेक्सास च्याप्टरको अग्रहनिय र अमुल्य भुमिका प्रति अध्यक्षले खुलेर प्रसंसा गरेका गरे । कार्यक्रमलाई समुदघाटन समारोह , बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरि तीन चरणमा सम्पन्न गरिएको थियो ।

मगर संघ अमेरीकाका अध्यक्ष कुलिदप राना मगरको सभापतित्वमा संम्पन्न कार्यक्रम, महासिचव दिपसागर बुढामगरले संचालन गरेका मगर संघ अमेरिका केन्द्रीय समितिका सदस्य टेकबहादुर थापाले बताएका छन् ।