यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ ।

दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् ।

यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा जिम्बाब्वे विरुद्ध ५९ रनमा अलआउट भएको थियो ।

नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।